काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र पेट्रोलमा एक-एक रुपैयाँ भाउ घटाएको हो ।

अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८१ रुपैयाँमा झरेको निगमका प्रवक्ता दीपक बरालले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि गत मंगलबार मूल्य समायोज गर्दा निगमले डिजल र मट्टितेलको मूल्य ८२ रुपैयाँ तोकेको थियो । सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाउन समस्या भएपछि डिजेलको मूल्य घटाउन निगमलाई दबाव दिएको थियो ।

डिजेलमा ५ रुपैयाँको अन्तरमा मूल्य नघट्दा सार्वजनिक यातायातको साधानमा भाडा घटाउन नसक्ने भएपछि यातायात व्यवस्था विभागले निगमलाई मूल्य घटाउन आग्रह गरेको थियो ।

गाडीभाडा समायोजन गर्न बनेको मापदण्डमा डिजेल र पेट्रोलमा ५ रुपैयाँ मूल्य घटेमात्र सार्वजनिक यातायातको भाडा घटाउन सक्ने व्यवस्था छ ।

Comments

comments