एजेन्सी । सेप्टेम्बर २८ तारिखका दिन यो वर्षको सबैभन्दा अध्याँरो हुने भएको छ । यो घटना ग्रहणका कारण हुने गर्दछ ।

नेपाली मिति अनुसार यो दिन असोज ११ गते पर्दछ । चन्द्रमा पृथ्वीसँग अरुबेलामा हुने दुरीभन्दा नजिक आउने भएकाले यस दिन चन्द्रमा ठूलो देखिने छ । सोही दिन बिहान ४ः३० बजेदेखि डेढ घण्टा चन्दग्रहणको समय रहेको छ ।

चन्द्रमाले यसरी स्वरुप बदलेको यो नै पहिलो पटक भने होइन । यसअघि यसै बर्ष तीन पटक चन्द्रमा रक्त चन्द्रमा बनेको थियो । विभिन्न धर्मले यसलाई विभिन्न अर्थबाट व्याख्या गरे पनि विज्ञानका अनुसार यसरी चन्द्रमा पृथ्वीको नजिक आउँदा समुन्द्रको नियमित ज्वारभाटा उत्पन्न गर्ने प्रक्रिया परिवर्तन भई अझ अग्ला र शक्तिशाली ज्वारहरु निस्कने हुन्छन् ।

Comments

comments