काठमाडौँ । शिक्षण अस्पतालमा भर्ना भएका दुई बिरामीको हातबाट जुस पिएर डा‍.गोविन्द केसीले १४ दिनदेखिको अनसन तोडेका छन्।

माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखी १४ दिनदखि अनसनमा बसेका डा‍. केसीले आइतबार ३ बजे अनसन तोडेका हुन्। उनले एक १८ महिनाकी बालिका र एक रोल्पाका युवकको हातबाट जुस पिएका हुन्।

नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदी र स्वास्थ्य मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठको उपस्थितिमा उनले अनसन तोडेका हुन्।

गएराती नेपाल सरकारसँग ११ बुँदे सम्झौता भएपछि उनी आफ्नो छैटौं पटकको अनसन तोड्न तयार भएका थिए।

Please follow and like us:

Comments