काठमाडौं । संविधान संसोधन प्रस्तावको लागि दिइएको एक साताको समयसीमा आज सकिदैछ । प्रमुख दलहरु आजै संशोधन प्रस्ताव टुङ्ग्याउँने तयारीमा छन् ।

तर संविधान निर्माण प्रक्रियाको विषयमा विभिन्न पक्षको असन्तुष्टि भने यथावत छन्् । यसबारेमा प्रमुख चार दलहरु बृहत गृहकार्यमा जुटे पनि कुनै निष्कर्षमा भने पुग्न सकेका छैनन् ।

संविधान निर्माण प्रक्रियाका असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न हिजो दिनभर प्रमुख तीन दलबीचको बैठक निश्कर्षमा पुग्न सकेन ।  असन्तुष्ट पक्षको माग सम्बोधन गर्न घनिभुत छलफलमा रहेका शीर्ष दलहरुले हिजो दिनभर आन्तरिक, द्धिपक्षीय तथा बहुपक्षीय छलफल गरेका थिए । हिजो साँझ तीन दलका शीर्ष नेताहरुको बैठकपनि निश्कर्षमा पुग्न सकेन । बैठकपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले केहि बिषयमा सहमति भएपनि पुर्ण सहमति भइनसकेकाले शनिबार बिहान पुनः बैठक बस्ने जानकारी दिनुभयो ।

त्यस्तै एमाले नेता भीम रावलले पनि पुर्ण सहमतिका लागि अर्को बैठक बोलाईएको जानकारी दिनुभयो । मुख्य दलहरु असन्तुष्टको माग सम्बोधन गर्नेगरी संविधान मस्यौदा विधेयकमा साझा संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा छन् ।

Please follow and like us:

Comments