काठमाडौं । विभिन्न हर्कतका कारण चर्चा र विवादमा रहँदै आएकी लोकगायिका ज्योति मगर चलचित्रको पर्दामा देखिएकी छिन् । अन्तराल नामक चलचित्रकी निर्देशक दीपा बस्नेतको लघु चलचित्र ‘भाँडो’मा ज्याति प्रमुख भूमिकामा छिन् ।

१० मिनेट लामो यो चलचित्र प्रसिद्ध साहित्यकार गोविन्दबहादुर मल्ल गोठालोको कथा ‘भाँडो’मा आधारित छ । यौन मनोविज्ञानमा आधारित यो चलचित्र सन् २०१० मै निर्माण भएर फिल्म फियस्टमा प्रिमियर समेत गरिएको थियो । तर हालै मात्र यो चलचित्रलाई यूट्युबमा राखिएपछि बल्ल सार्वजनिक रुपमा दर्शकहरुले हेर्न पाएका हुन् । यो चलचित्रमा ज्योतिले गरेको अभिनयबाट आफू सन्तुष्ट रहेको निर्देशक दीपाले बताईन् ।

जीवनसाथी फिल्मसको ब्यानरमा निर्माण गरिएको यो चलचित्र ‘भाँडो’मा रमेश धिमालको छायांकन र असीम चित्रकारको सम्पादन छ । चलचित्रमा नवराज खड्का,शान्ति गिरी,लक्ष्मण न्यौपाने,युगज्योति क्रियाशील,शिशिर जोशीको पनि प्रमुख भूमिका रहेको छ ।

 

Comments

comments