काठमाडौँ । बिश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुकमा रेकर्ड राखेका नेपाली चन्द्रबहादुर डाँगीको ७५ बर्षको उमेरमा मृत्यु भएको छ ।

अस्वस्थ भएपछि उनलाई अमेरिकाको ल्याण्डन बि जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । उनको शुक्रबार उपचारको क्रममा निधन भएको हो ।

डाँगीले २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो । डाँगीको उचाइ ५४.६ सेमी थियो ।

Please follow and like us:

Comments