काठमाडौं । मधेसवादी लगायत थारु समुदाय सहितका असन्तुष्ट पक्षहरुको माग संम्वोधन गर्ने गरी वसेको प्रमुख चार दलको बैठक अनिर्णित भएको छ ।

बिहीवार साँझ प्रधानमनत्री निवास वालुवाटारमा बसेको प्रमुख दल नेपाली काँगेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी,मधेसी जनअधिकार फेरम (लोकतान्त्रिक ) का शीर्ष नेताहरुको बेठक बसेको छ । बैठक पछि एकीकृत माओवादी नेता एवम पूर्व प्रधानमन्त्री बावुराम भट्टराईले  आन्दोलनकारी पक्षसंग परोक्ष रुपमा छलफल भईरहेको र संविधानको मस्यौदामा संसोधन हालेर भए पनि उहाँहरुको माग सम्वोधन हुने वताउनुभयो । साथै शुक्रबार दिनभरी छलफल गरी केही न केही निष्कर्ष निकाल्ने उहांको कथन थियो ।

त्यस्तै काङगेस उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको प्रक्रिया नरोकिने र संविधान संसोधन प्रस्ताव हालेर भए पनि असन्तुष्ट पक्षको माग सम्वोधन गरिने बताउनुभयो ।

फोरमा लोकतान्त्रिकका अध्यक्ष विजय गच्छादारले असन्तुष्ट पक्षका न्यूनतम मागलाई पूरा गर्ने र उहांहरुले उठाएका मागलाई संविधानमा संशोधन हालेर भए पनि माग संम्वोधन गरिने सहमति भएको  र आफुले १९ गतेसम्म आआफ्नो माग संम्वोधन नभए मुलुक राजनीतिक द्धन्दमा जाने उहांको निष्कर्ष छ ।

त्यस्तै गृहमन्त्री बामदेव  गौतमले मधेसवादी दलका माग पुरा भइसकेको र अव संविधान निर्माणको प्रक्रिया नरोकिने बताउनुभयो ।

प्रमुख चार दलको बैठकले कुनै ठोस निष्कर्ष ननिकाले पनि असन्तुष्ट पक्षहरुलाई वार्तामा बोलाएर भए पनि उहाँहरुका माग सम्वोधन गरिने सहमति चार दलले गरेका छन ।

Comments