काठमाडौं । राष्ट्र संघका महासचिव बान कि मुनले नेपालका सवै पक्षहरुलाई हिंसा त्यागी संवाद मार्फत उचित समाधान खोज्न आग्रह गरेका छन् ।

नेपालमा पछिल्लो पटक सरकारी सुरक्षाकर्मी र आन्दोलनरत पक्षहरुबीच भएको हिंसात्मक तनावले आफुलाई दुःखी बनाएको मुनले उल्लेख गरेका छन् ।

नेपालस्थित राष्ट्र संघको सूचना केन्द्रद्धारा जारी विज्ञप्तीमा राष्ट्र संघ महासचिव मुनले कुनैपनि समस्याको समाधान वार्ता र संवादवाट खोजिनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको अवस्थालाई राष्ट्र संघले नजिकवाट नियालिरहेको समेत वताएका छन् ।

राष्ट्र संघले मुख्यगरी कैलालीको टीकापुरमा भएको हिसांत्मक घटना तथा लामो दिनदेखि तराईमा भईरहेको बन्दले गर्दा आमजनताको दैनिकीमा परेको प्रभावका वारेमा मुख्य चासो देखाएको छ । संवादवाट हल खोज्न जति ढिलाई हुन्छ जनताले त्यति नै बढी कष्ट भोग्नुपर्ने भन्दै यसको वास्तविक फाईदा राजनीतिक शक्तिहरुले भन्दापनि गलत नियत बोकेका तत्वहरुले उठाउन सक्ने तर्फ सरकार, राजनीतिक दलहरु एवं आन्दोलनकारीहरु सचेत हुनुपर्ने राष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

Comments

comments