काठमाडौं । नेपाललाई हिन्दू राष्ट्र कायम गराउँन लगभग असम्भव जस्तो देखेपछि राप्रपा नेपाल,खुमबहादुर खड्का लगायतका हिन्दूवादीहरुले अन्तिम हतियार प्रयोग गर्ने रणनीति लिएका छन् । उनीहरुले अन्तिम हतियारका रुपमा संविधानसभाका सभासदहरुलाई आफ्नो पक्षमा पार्ने रणनीति बनाएको पनि खुलेको छ । बहुमत सभासदहरुलाई आफ्नो पक्षमा पार्न सके मात्र अब हिन्दू राष्ट्र कायम गराउँन सकिने झिनो आशा देखिएपछि हिन्दूवादी शक्तिहरु अहिले आर्थिक प्रलोभनको प्रभाव देखाउँन सक्रिय भएका छन् ।  सभासदहरुलाई फकाएर संविधानमा संशोधन प्रस्ताव दर्ता गरेपछि सत्तारुढ दलका सभासद्हरुलाई हिन्दु राष्ट्रका पक्षमा उभ्याउन नेपालभित्र र बाहिरबाट कसरत सुरु भएको बुझिएको छ । हिन्दुराष्ट्रको माग गर्दै राप्रपा नेपालले दर्ता गरेको संशोधन प्रस्तावमा दुई तिहाई बहुमत जुटाउन देशभित्र र बाहिरका शक्तिहरु क्रियासिल भएका हुन् ।

संविधानसभाभित्र हिन्दु राष्ट्रका पक्षमा सभासद्हरुलाई पार्न वर्तमान सरकारका मन्त्री, धर्मगुरु र कांग्रेस नेताहरु सक्रिय भएका छन् । कांग्रेसका नेता खुमबहादुर खड्का, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, शिक्षामन्त्री चित्रलेखा यादवले सभासद्हरुसँग भेटघाट गरिरहेका छन् । कांग्रेस र एमालेका सभासद्हरुलाई उनीहरुले ब्यक्तिगत नै भेटेर हिन्दुराष्ट्रका पक्षमा उभिन आग्रह समेत गरेका छन् । हालसम्म करिव २ सय सभासद् प्रस्टरुपमा देखिएको हिन्दुराष्ट्र संरक्षण अभियानका प्रवक्ता तथा अधिबक्ता कुमार रेग्मीले बताउँनुभयो । हिन्दुराष्ट्रका पक्षमा करिव साढे ३ सय सभासद् उभिने आफूहरुको आंकलन रहेको पनि उहाँले बताउँनुभयो ।

स्रोतका अनुसार त्यसैगरी एमाले सभासद्हरुकाबीचमा पनि छलफल चलिरहेको छ । गोप्यरुपमा एमाले सभासद्हरुले कांग्रेस नेता खड्का र कोइरालासँग भेट गरिहेका छन् । एमाओवादीका केही सभासद् पनि हिन्दुराष्ट्रका पक्षमा देखिएका छन् । उनीहरुले पार्टीको ह्वीपलाई नै उलंघन गर्ने तहमासम्म पुगेको स्रोतको दाबी छ ।

त्यसैगरी हिन्दु राष्ट्रका पक्षमा सभासद्हरुलाई प्रभाव पार्न कालिबावादेखि स्वामी कमयनयनाचार्यसम्म सक्रिय भएका छन् । उनीहरुले एक एक गरी सभासद्हरुलाई गोप्यरुपमा भेटिरहेका छन् । नेपाललाई बिश्वमाझ हिन्दुराष्ट्रको पहिचान दिन आग्रह गरिरहेका छन् । देशभित्रका राजनीतिक शक्ति मात्र नभई भारतीय जनता पार्टीका केही नेता पनि नेपाल आएका छन् । उनीहरुले पनि सभासद्हरुसंग भेट गरिरहेका छन् ।

सभासद्हरु हिन्दु राष्ट्रका पक्षमा उभिने संकेत पाएपछि प्रमूख राजनीतिक दलका शिर्षस्थ नेताहरु नैतिक संकटमा परेका छन् । संसदको मस्यौदा समितिले तयार पारेको प्रस्तावित मस्यौदामा धर्म निरपेक्षता शब्दलाई कायमै राखी मस्यौदा संबिधानसभामा पेश गरेका थियो । तर, हिन्दुराज्यको पक्षमा वकालत गर्दै आएको राप्रपा नेपालले संशोधन प्रस्ताव पेश गरेपछि शिर्ष नेता संकटमा परेका हुन् ।

हिन्दु राष्ट्रका पक्षमा ल्याप्चे लगाउन कांग्रेस एमालेका बहुसंख्यक सभासद्हरु तयार रहेको संकेत पाएपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङ खुल्ला मतदानको पक्षमा उभिएका छन् । तर सभासद्हरु भने  गोप्य मतदान हुनु पर्ने माग गरिरहेका छन् ।

Please follow and like us:

Comments