काठमाडौं । यतिखेर सफल युवा निर्देशक निश्चल बस्नेत र एक नव नायिकाबीच विवाह हुन लागेको खबरले अनलाइनहरु भरिन थालेका छन् ।

हालै ‘लुट’ निर्देशक बस्नेतको निर्माण रहेको ’कबड्डी कबड्डी’को टिजर रिलिज भएको दिन टिजरलेभन्दा पनि उनको र ‘होस्टेल रिटन्स’ अभिनेत्री स्वस्तिमा खड्काबीच बिहे हुने खबरले निकै चर्चा पायो । खबर बाहिरिएपछि मिडियाहरुलाई निश्चलले प्रतिक्रिया जनाउँदै बिहेका बारेमा चाहिने भन्दा बढी हल्ला गरिएको बताए । अलि असहज र लजाएको भावमा उनले आफ्नो र स्वस्तिमाको परिवारबीच पारिवारिक स्तरमा केही कुराकानी भए पनि मिडियामा आएजस्तो बिहे नै हुन लागेको भन्ने आफैंलाई नै थाहा नभएको प्रतिक्रिया दिए ।

बिहे, इन्गेजमेन्ट त्यस्तो केही नभएको बताउँदै निश्चलले यदि पक्का पक्की भयो भने खुशीको खबर आफैंले दिने बताए ।
बिहेको हल्ला बाहिरिएपछि उनले सञ्चारमाध्यमले फैलाएका अफवाहप्रति पनि रोष समेत पोखे । उता होटल रिटन्र्स चलचित्रको सफलतको स्वाद चाख्दै गरेकी स्वस्तिमाले पनि निश्चलकै शब्द सापटी मागे झैं गरी आफूहरुको विवाहको प्रसँग चलेको तर पक्का पक्की भैनसकेको बताइन् ।

Comments

comments