मलेसिया । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि शानदार जीत हासिल गरेको छ  । विहिवार विहान भएको खेलमा नेपालले  साउदी अरेबियालाई ९ विकेटले हराएको हो ।

मलेसियाको सेलोंगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ५० ओभरको खेलमा ३३.२ ओभरमा अल आउट हुँदै ५५ रनमा समेटिएको थियो।

५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा १ विकेट गुमाएर विजयी भएको हो। नेपालका लागि सुनिल धमलाले ३४ र सुनिल रिजालले अभिजित १४ रन बनाए। यस्तै शंकर राना ४ रनमा आउट भए।

यसअघि साउदीका लागि फैसल खानले १९ र जैनले ११ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपाली बलरसामू निरीह रहेको साउदी अरेबियाका दुई ब्याट्सम्यान शून्यमै आउट भए। चार जनाले १-१ रन बनाए। नेपालका लागि सुशील कँडेलले  सर्वाधिक १० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिएर ४ विकेट लिए।

यस्तै सुनिल धमलाले ६ ओभरमा ३ डेमन राख्दै ३ रन खर्चिएर २ विकेट लिए। प्रेम तामाङले ४.२ ओभरमा २ मेडन राखेर ९ रन दिँदै २ विकेट लिए।

Comments

comments