बैतडी । सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व बिहिवार आजदेखि विधिवत् रुपमा सुरु भएको छ ।

भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन आज घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका छन् । आजका दिन महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् ।

यिनै पाँच अन्नको मिश्रणलाई ’बिरुडा’ भन्ने गरिन्छ । महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरि विवाहित महिलाहरुले दुबधागो चढाउने गर्छन ।

Please follow and like us:

Comments