काठमाडौं । निर्देशक रामबाबु गुरुङको गत वर्षको हिट फिल्म ’कबड्डी’को सिक्वल ’कबड्डी कबड्डी’को निर्माण कार्य सकिएको छ । यसको जनाउ स्वरुप ’कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ ।

फिल्ममा दयाहाङ् राई, निस्मा गुरुङ्, बिजय बराल, बुद्धि तामाङ्,शिशिर वाड्देल आदिको मुख्य भूमिका रहेको छ । साथै यसपटक सौगात मल्ललाई पनि यस फिल्ममा हेर्न पाइनेछ । व्यावसायिक रुपमा सफल भएको  ’कबड्डी’ले उत्कृष्ट फिल्म र चलचित्र लेखनको राष्ट्रिय पुरष्कार जितेको थियो ।

फिल्मको सिक्वल बन्ने चर्चासँगै फिल्म २०७२ सालको प्रतिक्षित फिल्म बनेको छ । फिल्मको ट्रेलर असोज ४ गते रिलिज गरिनेछ ।

Comments

comments