काठमाडौं । केही दिनदेखि यता सघीयता र प्रदेशको सीमांकनको बिषयमा असन्तुष्ट मधेशवादी दलहरु लगायतले गरेको बन्द, हडतालको कारण दैनिक ८४ करोड रुपैया नोक्सानी हुने गरेको छ । नेपाल राष्ट्र गरेको अध्ययन अनुसार मधेश आन्दोलनबाट दैनिक ८४ करोड बराबरको नोक्सानी हुने गरेको देखिएको छ । मधेश आन्दोलनको भारतको सीमावर्ति नाकाहरुको राजश्व र आपूर्ति पुर्ण रुपमा प्रभावित भएको छ । यो समस्या लब्वियो भने देशको आपुर्ति प्रणालीमा नै गम्भीर असर पर्ने आशंका गरिएको छ ।

सामान्यतया एक दिन नेपाल बन्द हुदाँ दैनिक २ अर्वं रुपैया नोक्सान हुने गरेको छ । बन्द हुदाँ देशको कुल अर्थतन्त्रको ३० प्रतिशत नोक्सानी हुने गर्दछ । त्यसैगरी केही दिन देखि यता मधेशबादी दल र बिभिन्न समूहको अगुवाईमा मेची देखि महाकाली सम्मको तराई क्षेत्र आन्दोलित भएको अवस्था छ । मधेश आन्दोलनबाट देशको अर्थतन्त्रको ४० प्रतिशत भन्दा भढीको नोक्सानी हुने अनुमान गरिएको छ । यो नोक्सानी भनेको दैनिक ८४ करोड भन्दा बढीको नोक्सानी हुने गरेको छ । तराईमा जारी आन्दोलनको कारण दैनिक उपभोेग्य बस्तु, खाद्यान्न, पेट्रोलियम पदार्थ लगायतका बस्तुहरुको अभाव हुने सकेत देखिए पछि सरकारले सुरक्षाकर्मीको स्कटिङबाट ढुवानीको प्रवन्ध गरेको छ । तराई बन्दको कारण हजारौको सख्यामा कन्टेनर तथा ट्रकहरु भन्सार नाकामा थन्किएको छ । अर्थमन्त्री डा रामशरण महतले मदेश आन्दोलनको कारण भएको समस्या पं्रति सरकार गम्भीर रहेको र भन्सार नाकाहरुलाई सर्तक राखिएको बताउनु भयो ।

राजश्वमा हुन सक्ने प्रतिकुल अवस्था प्रति अर्थमन्त्रालयमा राजश्व प्रसासनका कर्मचारीहरुलाई भन्सार राजश्व असुलीमा प्रभावकारी रहन निर्देशन दिनु भएको छ ।

राजश्व प्रसासनका कर्मचारी र आपूर्ति निकायका कर्मचारीहरुले बन्दको कारण आपूर्ति प्रणालीमा समस्या आउन सक्ने तर्फ अवगत गराएका छन ।

Comments

comments