काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टोलीले भारत बिरुद्धको मैत्रीपुर्ण  खेलमा गोल रहित बराबरी खेलेको छ । नेपालको भारत बिरुद्धको यो लगातार दोस्रो बराबरी हो ।

यसअघि नेपालले बिश्बकपका लागि भएको छनौट खेलको प्ले अफ अन्र्तगतको दोस्रो लेगमा भारतलाई घरेलु मैदानमा गोल रहित बारबरीमा रोकेको थियो । त्यस्तै नेपालले लामो समय देखिको गोलको खडेरी पनि तोड्न सकेन । नेपालले पछिल्ला नौ खेलमा गोल गर्न सकेको छैन । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा भारतलाई दुई शुन्यले हराए यता नेपालले कुनैपनि खेलमा गोल गर्न सकेको छैन । पुणेको बालेबाडी रंगशालामा सोमबार सम्पन्न खेलको पहिलो हाफ  नेपालले भारतको दवावमा खेलेको थियो । नेपाली डिफेण्डरहरुले कमजोर प्रदर्शन गर्दा भाारत हाबी भएको थियो । भारतले प्रहार गरेका दुई शक्तिशाली सटलाइ गोल रक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए । २७ औं मिनेटमा रोविन सिंहको प्र्रहार चेम्जोङले आत्म बिश्वासका साथ बचाए । २९ औं मिनेटमा जेजेको प्रहार पनि चेम्जोङले विफल पारि दिदा नेपाल गोल खानबाट बचेको थियो । पहिलो हाफ इन्जुरी समयमा  भारतका सुनिल क्षेत्री वान भर्सेस वानमा चुक्दा नेपाल भाग्यमानी सावित भयो ।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेपनि नेपालले गोल गर्न भने सकेन । ६९ औं मिनेटमा नेपालले गोल गर्ने सुन्दर मौक गुमाएको थियो । ६५ औं मिनेटमा अन्जन बिस्टको स्थानमा मैदान प्रवेश गरेका शुसिल केसीले तीन डिफेण्डरलाइ छल्दै प्रहार गरेकोे आकर्षक सट  पोस्ट नजिकैबाट बाहिरिएको थियो ।  नेपालले अन्य केही राम्रा मुभ सिर्जना गरेपनि बलले भारतको पोस्ट चुम्न सकेन् । ७९ औं मिनेटमा भारतका केभिन लोबोले नेपाल बिरुद्ध गोल गर्ने लाग्दा पुन नेपाली गोल रक्षक चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दै गोल खान बाट बचाए । ८१ औं मिनेटमा भारतका क्षेत्रीको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा नेपाली खेलाडी राहत महशुस गरे ।

यसैबीच डिफेण्डर बिराज महर्जनले भारत बिरुद्धको मैत्रीपुर्ण खेलसंगै राष्ट्रिय टोलीबाट ५० औं क्याप पुरा गरेका छन । विराजले सन २००८ मा पोखरामा भएको पाकिस्तान बिरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । यस्तै अनन्त तामाङ,भरत शाह, शुसील र नवयुग श्रेष्ठले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । ०००

Comments

comments