काठमाडौँ  । संविधानसभाले संविधानको परिमार्जित विधेयकमाथि आजदेखि संशोधन प्रस्ताव दर्ता गर्ने प्रक्रिया सुरु भएको छ ।

संविधानसभा सचिवालयले आज बिहान कार्यालय समयपछि संशोधन दर्ता खुला गर्ने जानकारी दिएको छ । संशोधन प्रस्ताव दर्ता गराउन चाहने सभासद्ले संविधानसभा कार्य सञ्चालन नियमावली २०७० को नियम ९९ बमोजिम तोकिएको ढाँचामा संशोधन प्रस्ताव तयार पार्नुपर्ने जानकारी सभासदलाई दिइसकेको र आज त्यस ढाँचा अनुसार आएका प्रस्ताव दर्ता गरिने सचिव मुकुन्द शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार संशोधन व्यक्तिगत, दलगत, जुनसुकै हिसावले पनि दर्ता गर्न सकिनेछ । सभासदहरुबाट आएको संशोधन अनुसार संविधानसभामा दफावार छलफल हुनेछ । त्यसपछि आवश्यकता अनुसार विधेयकलाई परिमार्जन गरेर जारी गर्ने प्रक्रिया सुरु हुनेछ ।

Comments

comments