काठमाडौं । भनिन्छ यदि भगवान छ भने यो दुनियाँमा भूतप्रेतको पनि अस्तित्व अवश्य छ । त्यसैले कुनै ठाउँबाट तपाईलाई सकरात्मक शक्ति पाएको अनुभूति हुन्छ भने कतै कतै नकरात्मक शक्तिको अनुभव पनि गर्नुभएको होला ।  यो दुनियाँमा भूत छ कि छैन,यसमा सबैको आ आफ्नो विचार र तर्क होलान् । किन भने कोही भूत प्रेत भन्ने केवल कोरा कल्पना मात्र हो भन्छन् भने कोही आवश्यकता भन्दा बढी विश्वास राख्छन् । आज हामी तपाईलाई यस्ता केही संकेतहरुका बारेमा जानकारी दिदैछौं, यसबाट तपाईले तपाईको आसपास कुनै भूतप्रेत अथवा नेगेटिभ इनर्जी छ कि छैन भन्ने जानकारी मिल्छ ।

अनौठो आवाज आउँनु :

यदि तपाईले अनौठो आवाज आएको संकेत जस्तो कोही हिडेको,पाउजु बजेको,घुरेको,ढोका खोलेको वा थुनेको जस्तो आवाज आउँछ भने तपाईको वरिपरि कुनै नेगेटिभ शक्ति अर्थात भूतप्रेत भएको संकेत हो ।

अचानक कुनै दुर्गन्ध आउँनु :

घरमा वा तपाईको वरिपरि सर सफाइका वावजुद पनि अचानक कुनै नमीठो दुर्गन्ध फैलिएको छ भने यो तपाईको नजिकबाट कुनै प्रेत आत्मा गएको हुनसक्छ ।

अचानक जोडसँग ढोका बन्द हुनु :

घरको कुनै कोठामा रहेको ढोका छुने वित्तिकै अस्वभाविक रुपमा तीव्र गतिमा खुल्छ भने वा छुने वित्तिकै बन्द हुन्छ भने यो पनि राम्रो संकेत होइन । हुनसक्छ त्यहाँ धेरै वर्षदेखि कुनै नेगेटिभ इनर्जीको बास छ  ।

ठाउँमा कुनै वस्तु नभेटिएमा :

तपाईले सम्हालेर राखेको कुनै वस्तु तपाईले खोजेको बेला सही ठाउँमा पाइदैन भने मान्नुहोस्,त्यहाँ कुनै गडबड छ । यस्तो बाराम्बर दोहोरिरहन्छ भने उक्त ठाउँ नै फेरिदिनु उत्तम हुन्छ ।

ओछ्यानमा कोही भएको आभाष हुनु :

यदि तपाईलाई तपाईको ओछ्यानमा कोही बसिरहेको अथवा सुतिरहेको आभाष भएमा मान्नुहोस् उक्त कोठामा तपाई बाहेक अरु पनि कोही बस्छन् । यस्तो कोठा छोडिदिनु नै तपाईको लागि बुद्धिमानी हुनेछ ।

रोएको आवाज आउँनु  :

घरमा वा बाहिर कोही देखिने व्यक्ति नभए पनि अचानक कसैको रोएको वा सुकसुकाएको आवाज आएमा सम्झनुहोस् त्यसको वरिपरि कुनै नेगेटिभ इनर्जी अथवा भूतप्रेतको वास छ । कसैले छोएको अनुभूति हुनु पनि राम्रो संकेत होइन ।

घरपालुवा पशुपंक्षीले अनौठो व्यवहार देखाएमा :

घरमा पाल्ने कुकुर,विरालो,सुगा जस्ता पशुपंक्षीहरुले असामान्य व्यवहार देखाएमा केही गडबड छ भन्ने बुझ्दा हुन्छ । तपाईको घरको वरिपरि कुनै त्यस्तो नराम्रो शक्ति छ,जसको आभाष ती पशुपंक्षीलाई भएको हुनसक्छ ।

स्रोत : दैनिकभास्कर 

Comments

comments