काठमाडौं । संविधानसभामा संविधानको विधेयकमाथिको छलफल आइतवार सम्पन्न भएको छ । संविधानको विधेयकमाथि संसोधनकोलागि प्रस्ताव दर्ता गर्न संविधानसभाका सभासदहरुलाई आईतवारवाटै लागू हुनेगरी सातको दिनको समय दिएको छ ।

संविधान विधेयकमाथिको छलफल आईतवार सकिएपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधानसभा नियमावली अनुसारै भाद्र १९ गते सम्मकोलागि संसोधन प्रस्ताव दर्ता गर्न समय दिईएको वताउँनुभयो । सात दिनभित्र सभासदहरुवाट संसोधन आईसकेपछि संसोधनसहितको प्रतिवेदन संविधानसभामा पेश गर्ने कार्यसूची रहेको छ ।
मस्यौदा समितिले पेश गरेको संविधान विधेयकमाथि गत बुधवारवाट संविधानसभामा छलफल शुरु भई आईतवार सकिएको हो ।

आईतवारको छलफलमा धारणा राख्दै सूचना तथा सञ्चार मन्त्री एवं सभासद डा. मिनेन्द्र रिजालले संविधान जारी गर्न नदिने तत्वहरुसंग सजग हुनुपर्ने अवस्था आएको वताउँनुभयो ।

यस्तैगरी उपप्रधान तथा गृहमन्त्री एवं सभासद बामदेव गौतमले अराजकता र अस्थिरता फैलाउनेलाई तह लगाएर भए पनि चाँडंै संविधान जारी गर्नुको विकल्प नभएको धारणा राख्नुभयो ।

आईतवारको छलफलमा करिब एक दर्जन सभासदहरुले संविधानको विधेयकमाथि आफ्ना भनाइ राखेका थिए ।

Comments