काठमाडौं । पत्रकार ऋषि धमलामाथि उनकै कार्यकक्षमा हमला भएको छ । आफूमाथि एकपछि अर्को गर्दै सामूहिक रुपमै हमला हुँदा पनि ऋषिले भने हाँसेर मात्र प्रतिक्रिया जनाएका थिए ।

गाईजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको गाईजात्रे साक्षात्कारमा प्रस्तुति दिने सबै हाँस्य कलाकारहले ब्यंग्यको प्रमुख हतियार ऋषिलाई नै बनाएका थिए । कलाकार दीपकराज गिरीले धमलाकै क्यारिकेचर गर्दै देशमा स्थायी शान्तिको लागि नयाँ संविधान छिट्टै निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।

कलाकार मनोज गजुरेलले मधेसी दलहरुले आन्दोलनमा मारिनेलाई ५० लाख दिने भनि गरेको घोषणा प्रति ब्यंग्य गर्दै आज नगद कल उधार भनेर जनताले भन्नुपर्ने बताए । उनले ५० लाख रुपैया र जनताको ज्यान कसैको मूख्यमन्त्री बन्ने सिढी नबनोस भन्ने कामना गरे ।

गजुरेलले धमला विनाको राजनीति चिनी विनाको चिया र धमला विनाको पत्रकारिता नून विनाको तरकारी भन्दै धमलालाई उनकै अगाडि उडाए ।

सिताराम कट्टेललेले पनि धमलालाई उडाउँनज छोडेनन् । उनले देशको पछिल्लो अवस्था, राजनीति दलहरुको गतिविधि, भारतीय हस्तक्षेप र धमलाको प्रस्तुती शैली प्रति तीखो ब्यङग्य गरे ।

अर्का कलाकार शिवहरी पौडेलले देशलाई सकारात्मक ढंगले अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउँदै आफूहरुल वर्षमा एक दिन नेताहरुलाई ब्यंग्य गरे पनि नेताहरुले बर्षै भरी नेपाली जनतालाई ब्यंग्य गर्ने गरेको बताए ।

उनले पनि धमलालाई उडाउँन छोडेनन् । तपाई मलाई च्यानल दिनु म तपाईलाई ऋषि धमला दिन्छु भन्ने ब्यंग्यात्मक प्यारोडी प्रस्तुत प्रस्तुत गरेका थिए ।

कलाकार किरण केसीले समस्या पुरानै छ, गोली बारुद नयाँ नया छ भन्ने प्यारोडी प्रस्तुत गर्दै धमलाको हमला कार्यक्रम र राजनीति प्रति ब्यंग्य गरे ।

Comments