काठमाडौं । मधेसी दल र थारु संघर्ष समितिले बुझाएका मागमा विषयमा तीन दलले धारणा बनानउने भएका छन. । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रमुख तीनदलका बैठकले हिजो बुझाएका मेधसी दलका मागमा विषयमा धारणा तय हुनेछ ।
प्रमुख दलले संविधान निर्माण प्रक्रिया र असन्तुष्ट दलहरूसँगको वार्तालाई सँगसँगै लैजाने तयारी गरेका छन् ।

आज मधेसी मोर्चा र थारु संघर्ष समितिले बुझाएका मागमा विषयमा छलफल हुँदैछ । आज बस्ने प्रमुख दलहरुको बैठकमा असन्तुष्ट दल र पक्षले राखेका विषयमा छलफल हुनेछ ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आजको छलफलबाट मागका विषयमा धारणा बनाउने जानकारी दिए । वार्तामा बसेपछि दुवै पक्ष लचिलो भएर प्रस्तुत हुनुपर्ने र एउटा विन्दुमा पुगिने उनले बताए । संविधान विधेयकको संसोधन गर्न तोकिएको समयसीमा पनि माग समेट्ने गरि संसोधन हाल्न सकिने दलहरुको तयारी छ ।

Comments

comments