-गणेश पाठक

नेपाली काँग्रेसले आफनाे १३ आै महाधिवेशन का लागि दाेस्राे पटक सारेकाे महाधिवेशन तालिका अनुसार गाउँ,वडा,नगर काे अधिवेशन गर्न अब एक हप्ता मात्र बाँकी छ । तर देश भरका काँग्रेसीजनहरु घाेषित मितिमा अधिवेशन हुन्छ कि हुदैन भन्ने कुरामा अलमल मा छन भने शिर्षस्थ नेताहरु पनि के गर्ने,के नगर्ने दाेधारमा रहेकाे उनीहरुकाे चुप्पी बाट सहजै अनुमान लगाउन सकिन्छ । सँबैधानिक बाध्यता एवम अनिवार्यताका कारण असाेज महिना काटे पार्टीकाे कानुनी एवम सँबैधानिक मान्यता खारेज हुने भएकाले जसरी पनि असाेज महिना भित्रै महाधिवेशन सम्पन्न गर्नै पर्ने अवस्था एकातिर छ भने यहि भदाै मसान्त भित्र नया संविधान जारी गर्ने ४ दलिय सम्झौता छ ।

काँग्रेसका सबै जसाे ठूला साना नेताहरु सभासद छन । आफनाे पार्टीकाे महाधिवेशन सम्पन्न गर्न,नेतृत्वमा आउन आ आफनाे जिल्ला,अंचलको  गाउँ गाउँ र शहर शहर पुग्नुपर्छ । त्यसाे गर्दा संविधानसभा काे नया संविधान जारी गर्ने कार्य तालिका प्रभावित भई पछि धकेलिन्छ । यस्ताे नखाउ त दिनभरिकाे शिकार ,खाँउ त कान्छा बाबुकाे अनुहार भन्ने जस्ताे स्थितिमा नेपाली काँग्रेसका शिर्षस्थ नेताहरु पुगेका छन । सरसर्ती हेर्दा याे समस्याले केवल काँग्रेसलाई मात्र प्रभावित पारेकाे देखिन्छ तर गहिराईमा बुझ्ने हाे भने यसले काँग्रेसलाई मात्र हाेईन सारा देशलाई प्रभावित बनाउने छ । संघीय लाेकतान्त्रिक गणतन्त्र ब्यवस्था  नै धरापमा पर्न सक्छ । काँग्रेस सामू या त संविधान बनाउने कार्यलाई अलपत्र पारी जसरी पनि २०७२ असाेज महिना भित्र महाधिवेशन सम्पन्न गर्ने वा अन्तरिम संविधान संशोधन  गरेर वा राष्ट्रपतिलाई बाधा अडकाउ फुकाउकाे प्रावधान प्रयाेग गर्न लगाई नया संविधान जारी गर्ने समय भएकाले यसलाई विशेष कारण मानी थप ६ महिनाकाे समयावधि थपि त्यस समयसिमा भित्र गरिसक्नु पर्ने ब्यवस्था गर्ने बाहेक अर्काे तेस्राे बिकल्प छैन ।

संबिधानका महत्वपुर्ण बिषयहरुमा ठूला ४ दलहरुवीच अझै सहमति कायम नभएकाे अवस्थामा काँग्रेसले पहिलाे बिकल्प राेज्नु नै विधि सम्मत,बिबादरहित र कम जाेखिमपुर्ण हुनेछ । तर दाेस्राे बिकल्पमा जाँदा एउटा पार्टीका लागि संविधान संशोधन गरेकाे बिषय राष्ट्रिय,अन्तर्राष्ट्रिय रुपमा आलाेचनाकाे बिषय बन्ने छ भने राजनितिमा असँभब केही हुदैन र अझ राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय शक्तिहरु बलियाे भएकाे भुराजनैतिक यथार्थता रहेकाे हाम्राे देशमा राष्ट्रपतिलाई लाेभ,लालच देखाएर हाेस वा सुरक्षा अँगका कुनै उच्च पदस्थ अधिकारीकाे वा कुनै उच्च नेताकाे हत्या गरेर तेराे पनि ज्यान लिन सक्छाै भन्ने तह सम्मकाे धाक धम्कि दिएर हाेस वा सर्वाेच्च अदालतकाे राय माग्न लगाएर हाेस,काँग्रेसकाे सँबैधानिक र कानुनी बैधता समाप्त पार्न चाहनेहरु काे कमी छैन ।

याे देशमा जब जब काँग्रेस कमजाेर बन्छ तब तब निरकुँशता,अराजकता बढेकाे छ,राष्ट्रियता,स्वतन्त्रता र राष्ट्रकाे अखण्डता पनि कमजाेर बनेकाे छ । २००७ साल देखि केह बर्ष सम्म राणाहरुले,२०१२ पछि नेपालका राजाहरुले आज पर्यन्त ,कहिले भारतले,कहिले चिनले,कहिले अमेरिकाले,कहिले स्क्याण्डिभियन मुलुकहरुले काँग्रेसलाई कमजाेर बनाउन लागेकै हुन । २०५२ साल पछि तत्कालिन माआेबादीकाे पहिलाे निशानामा काँग्रेस नै थियाे र पार्टीकाे दस्ताबेजमा आज पनि छ । काँग्रेसलाई छिन्न भिन्न पारे आफू अगाडि आईन्छ भन्ने हिसाब किताबमा राजाबादी देखि  ए.मार्क्सबादी लेनिनबादी,विभिन्न टुक्राका माआेबादी देखि मधेसबादीहरु छन ।

तसर्थ हाम्रै पार्टीका हुन,हाम्रै साथी हुन,हामीले नै राष्ट्रपति बनाएकाे हाे भनेर राष्ट्रपति प्रति आँखा चिम्लेर बिश्वास गर्नु काँग्रेसीहरु का लागि आत्मघाती ठहरिन सक्छ । ब्यक्तिका रुपमा उनी असल छन,ईमान्दार छन,देशभक्त छन,त्यसमा कत्ति पनि शँका छैन,गर्नु हुदैन । तर पदिय हिसाबमा चल्नु पर्दा उनकाे ईच्छा र आकाँक्षा बिपरित पनि हिडनु पर्ने हुन्छ । तसर्थ नेपाली काँग्रेसका शिर्षस्थ नेताहरुलाई देशकाे विषम परिस्थितिलाई हरेक काेण बाट हेरेर,विश्लेषण गरेर,राष्ट्रिय,अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु काे चलखेल बुझेर मात्र महाधिबेशन सम्बन्धमा २-४ दिन भित्रै निर्णय गरि आम नेता कार्यकर्ताहरु लाई निश्चिन्त र आश्वस्त पार्नु जरुरी छ ।

Comments

comments