जनकपुरधाम । अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई दिन बन्दको कार्यक्रम स्थगन गरेको छ ।

शनिबार मनाइने रक्षाबन्धन पर्वलाई ध्यानमा राखी मोर्चाले आमहडतालको कार्यक्रमस्थगन गर्ने निर्णय गरेको हो । जनकपुर उद्योग वाणिज्य सङ्घको पहलमा शुक्रवार अपराह्न ३ बजेदेखि शनिबारसम्म आमहडतालको कार्यक्रम स्थगन गरिएको मोर्चाले जनाएको छ ।

Comments

comments