नेपालमा कहिले नघट्ने र सालिन्दा बढिरहने एउटै कुरा के हो ? स्वभाविक उत्तर आउँछ,सरकारी कर्मचारीको तलब । सोही क्रमलाई निरन्तरता दिदै उसपाली पनि सरकारी कर्मचारीहरुको तलब बढ्ने भएको छ । कर्मचारीको तलब वृद्धि सहितको योजना समेटेर सरकारले आर्थिक बर्ष २०७१÷०७२ को बार्षिक बजेट आज सार्वजनिक गर्दैछ ।
६ खर्ब २० अर्ब हाराहारीको बजेट सरकारले आज ब्यवस्थापिका संसद प्रस्तुत गर्नेछ  । अर्थमन्त्री रामशरण महतले आज सार्वजनिक गर्ने बजेटमा पूर्वाधार विकास, उर्जा, जलस्रोत कृषिमा प्राथकिता दिइएको छ ।
निर्वाचन क्षेत्र विकासका लागि पनि छुट्टै बजेट विनियोजन हुनेछ । पुराना कार्यक्रमले प्राथमिकता पाउने र केही नयाँ कार्यक्रम पनि थपिने अर्थका अधिकारीहरुले बताएका छन् ।  राष्ट्रिय योजना आयोगले तोकेको सिलिङमै आधारित हुनेगरि बजेट विनियोजन हुन लागेको छ । मदिराजन्य बस्तुको राजस्वमा बृद्धि गरिनेछ । बजेट प्रस्तुत गर्न व्यवस्थापिका संसदको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

Comments