काठमाडौैँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रलाई बलियो पार्ने किसिमबाट सभासद्हरुले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

संविधानसभा भवन नयाँबानेश्वरमा प्रस्तावित प्रदेश नं १ का सभासद्सँगको छलफलमा प्रधानमन्त्री कोइरालाले पार्टीको नीति, सिद्धान्तअनुरुप काम गर्न सभासद्लाई निर्देशनसमेत दिनुभएको सभासद् रामहरि खतिवडाले जानकारी दिनुभयो ।

सभापति कोइरालाले छिटोभन्दा छिटो संविधानसभाबाट संविधान जारी गर्नका लागि सभासद्को भूमिकालाई अझ बलियो पार्नुपर्ने बताउँदै पार्टीको निर्देशन विपरीत कोही सभासद् गएमा कारबाही गर्ने चेतावनीसमेत दिनुभयो ।

छलफलमा उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौलालगायत त्यस क्षेत्रका सभासद्हरुको उपस्थिति रहेको थियो । रासस

Comments