सिड्नी । अस्ट्रेलियामा बस्दै आएका भुकम्पपीडित नेपालीलाई विशेष सुविधा सहितको “टेम्पोररी प्रोटेक्टेड स्टेटस(टिपिएस)” दिन नेपाली समुदायको तर्फबाट गरिएको आग्रहलाई अस्ट्रेलियन केन्द्रीय इमिग्रेसन तथा बोर्डर प्रोटेक्सन मन्त्री पिटर डट्टनले अस्वीकार गरेका छन् ।

२६ अप्रिल बुधवार सिड्नीको दक्षिण कोग्रामा लिभरल फेण्ड्स अफ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली समुदायका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्री डटट्ले टिपिएस सुविधा दिने नीति सरकारको नभएको प्रष्ट परेका थिए ।

नेपाली समुदायका तर्फबाट निरज श्रेष्ठले राखेको उक्त जिज्ञासाको जवाफमा मन्त्री टट्टनले भने, “विदेश मन्त्रालयमार्फत नेपालमा अहिलेसम्म २८ मिलियन डलर भन्दा बढी सहयोग भुकम्प प्रभावितलाई राहत, उद्धार र पून निर्माणमा अस्ट्रेलियाले गरेको छ । भुकम्पका कारण नेपालमा घर परिवार गुमाएकाहरुको विशेष अवस्था हेरेर मानविय सहयोग भने गर्न सकिन्छ ।” संयुक्त राज्य अमेरिकाले निश्चित समायका लागि नेपालीलाई टिपिएस दिने निर्णय गरिसकेको छ ।

बार्टन क्षेत्रका संघिय सांसद निक भार्वारिसले संयोजन  गरेको उक्त कार्यक्रममा नेपाली समुदायकी अगुवा तथा अर्डर अफ अस्ट्रेलियाले सम्मानित इन्द्रा वनले अस्ट्रेलियाको नागरिकता लिएका नेपालीहरुले नेपालबाट अफन्त बोलाउँदा निकै भन्झट ब्यहोर्नु परेको, बैंकमा निस्चित रकम डिपोजिट राख्नुपर्ने लगाएका विषयमा जिज्ञासा राखेकी थिइन ।

जवाफमा मन्त्री टट्टनले सरकारले कसैलाई पनि विभेद नगरेको प्रष्ट पार्दै अफन्तलाई विदेशबाट अस्ट्रेलिया बोलाउँदा नीजको रोजगारी, बचत, आर्थिक अवस्थाको आधारमा सेक्युरीटी स्वरुप निश्चित रकम धरौटी माग्ने अधिकार केस अफिसरलाई भएको प्रस्ट पारेका थिए ।
कार्यक्रममा विवेक थापाले अस्ट्रेलियामा नेपालीको जनसंख्या र अवस्थाबारे विभागिय मन्त्री भएको सहसावले जिज्ञासा राखेका थिए । यस्तै श्री नापित, चुरामनी बेलबासे र विनोद पौडेल नेपाली विद्यार्थी र छोटो भ्रमणमा आउने अभिभावकहरुको स्वास्थ्य विमा, र भिसाका बारेमा जिज्ञासा राखेका थिए ।

मन्त्री डट्टनले बार्टन क्षेत्रका संघिय संसद निक भार्वारिस मार्फत सोधिएका प्रश्नको जवाफ पठाउँने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा लिभरल फ्ेण्ड्स अफ नेपालका संयोजक श्री नापितले भविष्यमा पनि अस्ट्रेलियाको केन्द्रिय चासोका मुद्दाहरुका यस्तै अन्तरक्रिया संचालन गरिने बताए ।

यसअघि मन्त्री डट्टनले सिड्नीकै दक्षिणको हर्सभिलमा पनि नेपाली र भारतिय  समुदायसँग अन्तरक्रिया गरेका थिए ।

श्रोत : नेपाली पत्र

Comments