काठमाडौं । तीन दशकदेखि निरन्तर रुपमा नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएकी नायिका करिश्मा मानन्धरको सौन्दर्यको तारिफ गरेर नथाक्नेहरु अहिले पनि धेरै छन् । उनलाई आफ्नो ड्रिम गर्ल ठान्ने उहिले पनि धेरै थिए र अहिले पनि छन् । सँगै उनलाई आफ्नो आदर्श ठान्नेहरु अभिनेत्रीको संख्या पनि धेरै छ ।

दुई दशक अघि विनोद मानन्धरसँग विवाह गरेकी करिश्माको छोरी कविता नै अहिले मस्तकी तरुनी भइसकेकी छिन् । विभिन्न सम्बन्ध र अभिव्यक्तिका कारण विवादमा फस्दै आएकी करिश्माले फेरि त्यस्तै अर्को बोल्ड अभिव्यक्ति दिएकी छिन् । माया र प्रेमको विषयमा गफिने क्रममा करिश्माले आफ्नो पति आफ्नो सोलमेट अर्थात हृदयदेखिकै साथी भने नरहेको बताएकी हुन् । विवाह सम्झौताको अर्को रुप रहेको बताएकी उनले विनोद असल व्यक्ति भने रहेको बताइन् । सोलमेटको बारेमा करिश्माले भनेकी छिन्–सोलमेट करोडौं जोडी मध्ये थोरैले मात्र पाउँछन् । त्यसैले सोलमेट नपाउँदैमा दुखी भैहाल्नुपर्ने अवस्था भने नरहेको प्रष्ट पारिन् ।

असल व्यक्ति भए जीवन सरल तरिकाले अघि बढ्ने उनको बुझाइ छ ।

Please follow and like us:

Comments