काठमाडौं । काठमाडौंमा जारी अण्डर नाइन्टीन साफ च्याम्पियनशीपको सेमिफाइनलका खेलहरुले विहीवार  हुँदैछन् । विहीवार हुने खेल जित्ने दावी सेमिफाइनलमा उत्रिएका चारै टोलीले गरेका छन् । नेपालले अफगानिस्तानसंग भिड्दै गर्दा भारतले विहीवार नै बंगलादेशको सामना गर्दैछ ।

नेपालले, अण्डर नाइन्टीन साफ च्याम्पियनसिपको सेमीफाइनलमा बलियो प्रतिद्धन्दी अफगानिस्तान बिरुद्ध उत्रिदा मिडफिल्डलाइ सुधार गर्नु पर्ने बताएको छ । बुधबार प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान बिमल घर्ती मगरले समुह चरणका खेलमा नेपालको प्रमुख समस्या भनेकै मिडफिल्डमा देखिएकोले अफगानिस्तान संगको खेलमा यस्मा सुधार ल्याइने बताए । प्रशिक्षक बाल गोपाल महर्जनले अफगानिस्तान शारीरिक रुपमा बलियो भएको धारणा राखे ।
यदि नेपालले अधिकतम ग्राउण्ड बल खेलेमा अफगानिस्तानलाइ पराजित गर्न गाहे नहुने बिश्वास ब्यक्त गरे । अफगास्तिानका सहायक प्रशिक्षक  साइद रजाब शाह मासवनी ले घरेलु टोली बिरुद्धको सेमीफाइनलका लागि आफ्ना खेलाडी तयार रहेको बताए ।

नेपाल समुह चरणमा भुटान र बंगलादेशलाइ पराजित गर्दै समुह ए को बिजेताका रुपमा सेमीफाइनल प्रवेश गरेको हो भने अफगानिस्तान समूह बी को उपविजेता हो । अफगानिस्तानले समुह चरणमा माल्दिभ्सलाइ पराजित गर्दा भारत संग पराजित भएको थियो । नेपाल र अफगानिस्तान बीचको सेमीफाइनल बिहीबार दिउसो १२ बजे सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ ।

बिहीबारै हुने दोस्रो सेमीफाइनलमा भारत र बंगलादेश आमने सामने हुनेछन । बंगलादेश र भारत बीचको खेल साढे तीन बजेबाट सुरु हुनेछ ।

Comments

comments