काठमाडौं । नायिका शिल्पा पोखरेलको व्यस्तत पछिल्लो समय निकै बढ्दै गएको छ । छवि ओझाको चलचित्र लज्जाबाट आफ्नो फिल्मी करियर आरम्भ गरेकी शिल्पा यतिबेला अर्को चलचित्र बृन्दावनमा व्यस्त छिन् ।

चलचित्र बृन्दावनमा उनको जोडीका रुपमा एउटा बाँदर पनि रहेको छ । चलचित्रलाइ राजबहादुर सानेले निर्देशन गरिरहेका छन् । बाँदरसंगै खिचिएको एउटा तस्वीर शिल्पाले आफ्नो फेसबुकबाट सार्वजनिक गरेकी छिन् ।

रुद्रप्रसाद खनाल चलचित्र बृन्दावनका निर्माता हुन् । चलचित्रमा शिल्पाको साथमा किशोर खतिवडा , सुशिल पोखरेल , पुष्कर भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

Comments

comments