काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् सभासद् केपी शर्मा ओलीले संविधान लेखनलाई निष्कर्षमा पु¥याउन अत्यन्तै संयमित र धैर्यताका साथ योगदान पु¥याउन सबैसँग आग्रह गर्नुभएको छ ।

नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथि संविधानसभामा आज भएको छलफलमा भाग लिँदै उहाँले मुलुक अत्यन्तै असाधारण र अत्यन्त गुणस्तरीय संविधान निर्माणको प्रक्रियाको अभ्यासमा जुटेको बताउँदै यसले लोकतन्त्रको मूल्यमान्यतालाई गहिरोसँग आत्मसात् गरेको दाबी गर्नुभयो  ।

लोकतान्त्रिक संविधान लेखनको हिसाबले मुलुक अत्यन्तै ऐतिहासिक र गम्भीर मोडमा आइपुगेको बताउँदै अध्यक्ष ओलील आफना जनप्रतिनिधिबाट संविधान बनाएर घोषणा गर्ने जनताको लामो चाहनाको अत्यन्त नजिक पुगेको बताउँनुभयो ।
शक्ति पृथकीकरण, न्यायपालिका, संवैधानिक निकायलाई स्वायत्त र स्वतन्त्र बनाउने पक्षमा मस्यौदाले ख्याल गरेको भन्दै उहाँले सामाजिक न्याय, समानतालगायत जनताले प्राप्त गर्नुपर्ने अरू हकअधिकार स्थापित गराउने र मुलुकलाई विकासको पथमा लैजाने दृष्टिबाट मस्यौदा महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताउनुभयो ।

अरू संविधान लेखन प्रक्रियाभन्दा जोखिमपूर्ण र कठिनाइका बाबजुद उन्नत लोकतन्त्रको अभ्यास गर्ने क्रममा संविधानसभाबाट संविधानको मस्यौदा निर्माण भएको जनाउँदै अध्यक्ष ओलीले संविधान लेखन प्रक्रियालाई कतिपयले बिथोल्ने प्रयास गरेकाले उनीहरुबाट सजग रहन आवश्यक छ भन्नुभयो ।

संविधान निर्माणको जिम्मेवारीलाई सबै एकताबद्ध भएर पूरा गर्न आग्रह गर्दै अध्यक्ष ओलीले नेपाली नेपाली एक अर्काेको शत्रु नभएको जिकिर गर्नुभयो । उहाँले सामाजिक सद्भाव कायम राखेर छलफलका गरेर अघि बढ्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ सहमति र सम्झौता दस्तावेजका रुपमा आएकाले सोहीअनुसार बुझ्न, बुझाउन र ग्रहण गर्न आग्रह गर्नुभयो ।

Comments

comments