मेलबर्नमा । यसै त वसन्त यामको मौसम आफैंमा लोभलाग्दो र आनन्ददायी हुन्छ । त्यसमाथि सुमुधर संगीत आफ्ना प्रिय कलाकारहरुबाट प्रत्यक्ष हेर्न र सुन्न पाउँदाको क्षण झन् कति रमाइलो होला ? कल्पना मात्र गर्दा पनि आनन्द आउँछ । तर मेलबर्नवासी नेपाली समुदायका लागि भने यो अब कल्पनामा मात्र सीमित रहेन । किनभने अब चाँडै स्प्रिङ मेलोडिज–२०१५ ले यो कल्पनालाई यथार्थमा परिणत गरिदिदैछ ।

चहलपहल मेलबर्न र साथी इन्ट.ले संयुक्त रुपमा आयोजना गर्न लागेको  स्प्रिङ मेलोडिज–२०१५ मा बहुप्रतिभाशाली कलाकारहरु धर्मेन्द्र सेवान,कमल खत्री र सन्दीप क्षेत्रीले आफ्ना सुमधुर गीत संगीतको प्रत्यक्ष प्रस्तुति दिनेछन् ।

आगामी सेप्टेम्वर २० मा मेलबर्नमा हुने स्प्रिङ मेलोडिज–२०१५ लाई कँडेल कन्सल्टेन्सीले आधिकारिक रुपमा प्रायोजन गरेको छ ।

Comments

comments