काठमाडौं । खगोलशास्त्री र ज्योतिषशास्त्रीहरुका अनुसार बुधवार यो वर्षकै सबैभन्दा लक्की अर्थात शुभ दिन रहेको छ ।

अतिरिक्त सौभाग्य आवश्यक पर्नेहरुका लागि बुधवार अवसरको रुपमा रहनेछ ।  वरिष्ठ अमेरिकी ज्योतिषशास्त्री सुसन मिलरका अनुसार अगष्ट २६ अर्थात बुधवार हरेक ज्योतिषशास्त्रीय कोणबाट वर्षकै सबैभन्दा लक्की दिन हो । यस दिन वृहस्पती ग्रह सूर्यसँग मिलनविन्दूमा रहनेछ । यस्तो वर्षमा एक दिन मात्र हुन्छ ।

मिलर भन्छन्–बुधवारको हरेक राशी र ग्रहहरुको स्थितिले आज दिनभरि नै शुभ र मांगलिक प्रतिफल दिनछ । धेरैको भाग्योदय गराउँनेछ । विशेष गरी तुला,सिंह र मेष राशीका लागि आजको दिन सबैभन्दा उत्तम रहनेछ । यी राशी भएकाहरुलाई आर्थिक र व्यापारिक क्षेत्रमा विशेष लाभ हुने दिन रहेको छ । समग्रमा अन्य राशीका लागि पनि आजको दिन शुभ रहनेछ ।

Please follow and like us:

Comments