नेपाली राजनीति फोहोरी हुनुमा नेताहरुको फोहोरिपन मुख्य दोषी हुन् भनिन्छ  । नेकपा एमालेको जारी महाधिवेशनमा नेताहरुको चर्तिकला हेर्दा यो आरोप सत्य सावित हुन्छ  । आफ्नै कार्यकर्ता र नेताहरुलाई विचार र कामले रिझाउनु पर्नेमा नानाथरी पर्चा पम्प्लेट छरेर रिझाउने होडमा लागे नेताहरु । त्यसले गर्दा भृकुटी मण्डप परिषर यति फोहोरी देखियो । तर नेताहरुलाई खासै वास्ता भएन । तर एमाले महाधिवेशनमा नेताहरुको प्रचारका क्रममा भएको फोहोर पार्टीकै विद्यार्थीहरुले सफा गरेका छन् ।

भृकुटीमण्डपस्थित महाधिवेशनस्थल अगाडिको प्रदर्शनीमार्ग सडकमा भएको फोहोर अनेरास्ववियु केन्द्रीय रचनात्मक क्रियाकलाप विभागले शनिबार सफा गरेको हो ।
हाइटेकु महाधिवेशन गर्ने भनिए पनि अधिकांश उम्मेदवारले पर्चा, पम्प्लेट र फ्लेक्स प्रयोग गरेका थिए ।

अनेरास्ववियु पूर्वअध्यक्ष रामकुमारी झाँक्री, अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतम, प्रचार विभाग प्रमुख अशेष घिमिरेलगायत २ सय नेता कार्यकर्ताले सरसफाई गरेका हुन् ।
असार १९ गतेदेखि सुरु भएको महाधिवेशन शनिबार बिहान सकिएको छ । नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भने दशरथ रंगशालामा जारी छ ।

Please follow and like us:

Comments