काठमाडौं । दुर्गिस ब्यानरको पछिल्लो चलचित्र ‘होस्टेल रिटर्नस’ले प्रदर्शनको चौथो दिनमै नाफा दिलाएको छ । सोमवारसम्म सबै लगानी उठाएको यस चलचित्रले मंगलवारदेखि नै निर्मातालाई मुनाफा दिलाएको हो ।

युवा पुस्ता लक्षित चलचित्र ‘होस्टेल रिटर्नस्ले प्रदर्शनको तीन दिनमै एक करोड माथिको व्यापार गरेर निर्मातालाई आर्थिक रुपमा राहत दिएको हो । तीन दिनको व्यापार एक करोड पैतिस लाखको रहेको निर्माता सुनील रावलले जानकारी दिए । प्रचार खर्च सहित चलचित्रको लगानी ६० लाख पुगेको निर्माता रावलले बताए । वितरक गोविन्द शाहीले बन्दको दिनमा पनि सञ्चालनमा आएका हलहरुमा दर्शकको चाप राम्रै रहेको बताए ।

दुर्गिस ब्यानरमा निर्माण भएका यसअघिका ‘सायद’ र ‘होस्टेल’ पनि व्यापारिक रुपमा सफल चलचित्र मानिन्छन् ।
सुरज भूषाल निर्देशित चलचित्र ‘होस्टेल रिटन्र्स’ इञ्जिनियरिङ पढ्न होस्टेल बस्ने विद्यार्थीको कथामा आधारित छ । नव कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, अभय बराल र नाजिर हुसेनको मूख्य भूमिका रहेको ‘होस्टेल रिटनर्स’ देशका करिब पचास हलबाट एकसाथ प्रदर्शनमा आएको छ ।

‘होस्टेल रिटनर्स’मा दर्शकहरुको चाप बढ्न थालेपछि केही सिनेमा हलहरुले हिन्दी फिल्मको शो घटाएर समेत यसको शो संख्या बढाउँन थालेको निर्माण पक्षको दाबी छ ।

Please follow and like us:

Comments