काठमाडौँ । सोमबार कैलालीमा आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको प्रति व्यबस्थापिका संसदको बैठकलाई संबोधन गर्दैगर्दा प्रधानमन्त्री शुशिल कोईराला भक्कानिएर रुनु भएको छ ।

टिकापुर कैलालीमा भड्किएको हिंसात्मक आन्दोलनका क्रममा ८ जनाले  ज्यान गुमाउनु परेको घटनाले आफुलाई अत्यन्तै मर्माहित बनाएको बताँउदै गर्दा प्रधानमन्त्री शुशील कोईराला शब्द उच्चारण गर्न समेत नसक्ने अबस्थामा पुग्नु भएको थियो । संसदको बैठकलाई सम्बोधन गर्दै कोईरालाले नेपाली जनताको बर्षै देखिको संबिधान पाउने अपेक्षा बल्ल पुरा हुन लागेका यस एतिहासिक घडीमा सुरक्षा निकाय माथि भएको हृदयविदारक घटनाले मर्माहत बनाएको भन्दै संबिधान संसोधनिय भएकाले आफ्ना हक अधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ ।

Comments

comments