काठमाडौं । चौतर्फी विरोधका वावजुद विवादित व्यक्तित्व प्रा. डा. तीर्थ खनियाँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा  नियुक्त गरिएको छ ।

‘बौद्धिक चोर’ को आरोप लागेका प्रा. डा. खनियाँ त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुनुभएको हो । प्रधानमन्त्री एवं कुलपति सुशील कोइरालाले सोमबार खनियाँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको हो ।
खनियाँमाथि आफूले लेखेको आर्टिकलमा अर्काको हुबहु सार्ने र वौद्धिक चोरी गर्ने गरेको आरोप लागेको छ ।
खनियाँलाई उपकुलपतिमा सिफारिस गरेपछि उहाँले ९ वर्षअघि गरेको वौद्धिक चोरीको प्रशंग फेरि एकपटक सतहमा आएको थियो ।

यस्तै नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयमा घनश्यामलाल दास र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा भूषण श्रेष्ठलाई नियुक्त गरिएको छ ।

Comments