न्यूयोर्क । खुल्ला छाति सहितका दर्जनौं महिला पुरुषहरुले आइतवार न्यूयोर्क सहित विश्वका विभिन्न ६० शहरहरुमा प्रदर्शन गरेका छन् ।

गो टपलेश प्राइड परेड अर्थात खुल्ला छाति हुनुमा गर्व गरौं भन्ने नारा सहितको उक्त र्यालीमा दर्जनौं सहभागी भएका थिए । लैंगिक समान्तका लागि भन्दै हरेक वर्ष  यस्तो र्यालीको आयोजना हुँदै आएको छ ।

अमेरिकामा सन् १९९२ देखि नै छाति खुल्ला राखेर हिड्न पाइने वैधानिक प्रावधान बनाइएको हो । तर यस्तो र्यालीको व्यवसायिक फोटो खिच्न भने मनाही छ ।

21

Comments

comments