काठमाडौ । चालु आर्थिक बर्षको बजेट आज पारित गरिने भएको छ ।

आज बाँकी रहेका मन्त्रालयगत बजेटमाथि छलफल सकिएपछि बजेट पारित गर्न निर्णयार्थ संसद बैठकमा प्रस्तुत गरिनेछ । गृह, शान्ति, कानुनलगायतका करिव ६ मन्त्रालयको विषयमा आज छलफल सकिने र आजै सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका रहेको छ ।

संसदमा विधेयकमा रहेका विभिन्न मन्त्रालयको शीर्षकमाथि गत साउन २८ गतेदेखि छलफल भएर भदौ ३ गते सकिएको थियो । आज जवाफ दिने काम सकिएपछि विधेयक पारित गर्नका लागि सरकारले सदनमा निर्णयार्थ प्रस्तुत गर्ने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँकेलले जानकारी दिनुभयो । संसदको बैठक बिहान ११ बजे बोलाइएको छ ।

Comments