काठमाडौँ । एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी इङलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राती भएको खेलमा सिटीले एभर्टनलाई २–० ले पराजित गर्यो । सिटीले दुवै गोल दोश्रो हाफमा गरेको थियो । सिटीको जितमा दोश्रो हाफको १५ औं मिनेटमा कोलारोभ र खेल सकिन २ मिनेट बाँकी छदा समिर नासरीले गोल गरे । खेलेका ३ खेलनै जितेको सिटी ९ अंकका साथ पहिलो स्थानमा उक्लिएको छ ।

समान ७ अंक जोडेका लेस्टर सिटी दोश्रो र म्यान्चेस्टर युनाइटेड तेश्रो स्थानमा रहेका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार राती नै भएको खेलमा चेल्सिले वैश्टब्रोलाई ३–२ ले पराजित गर्यो भने साउथहम्टन र वार्थफ्रोडले गोलरहित बराबरी खेलेका छन् ।

Comments