बेइजिङ । कुनार नामक एक अनलाइन कम्पनीले चीनको एउटी महिलालाई यस्तो नोकरी दिएको छ,सुन्दै अचम्म लाग्छ । अर्थात होटलका कोठाहरुमा पुगेर सुत्नु ती महिलाको मूख्य काम हो ।

झुआङ्ग जिंग नाम गरेकी ती महिलाले आफ्नो ड्यूटी पूरा गर्न विभिन्न होटलहरुमा पुगेर आरामले सुतिदिन्छिन् । मजाको कुरा त के छ भने उनी जति धेरै होटलमा पुगेर त्यहाँका आरामदायी ओछ्यानहरुमा सुत्न सक्छिन्,उति नै उनको सफलता मापन हुन्छ । त्यसो त सुत्नु मात्र उनको काम होइन । होटलले दिने सुविधा,त्यहाँ उपलब्ध अन्य सुविधाहरु जस्तै वाथरुम,खाना लगायतका अन्य सुविधाहरुका बारेमा पनि उनले जानकारी लिनुपर्नेछ । जिंगलाई अब मान्छेहरुले होटल स्लीपरको नामले चिन्न थालिसकेका छन् । सामाजिक सञ्जालहरुमा उनको यो मज्जाको जागीरका बारेमा जानकारी बाहिर आएपछि धेरैले यस्तो जागीरमा लाग्ने इच्छा व्यक्त गरेका छन् । जिंग पनि ७८ सय प्रतिस्पर्धीमध्येबाट छानिएकी थिइन् ।

जिंगले होटलहरुमा पुगेर उनीहरुले दिने सुविधाहरुको साथै महिला,वृद्ध र बालबालिकाका लागि छुट्टा छुट्टै विशेष सेवा सुविधा छन् या छैनन् भन्नेबारे विस्तृतमा रिपोर्ट तयार पार्ने काम पनि गर्छिन् ।

Comments

comments