काठमाडौं । नेपाल टेलिभिजनको चर्चित हाँस्य टेलिश्रृखला तितो सत्यका जोडि दिपकराज गिरि र दिपाश्री निरौलाले साँच्चिकै विवाह गर्ने भएका छन् । उनीहरुले आफ्नो विवाहको मिति समेत तय गरेका छन् ।

पत्रकार ऋषि धमलाद्धारा सञ्चालित एउटा टेलिभिजन शो मार्फत हाँस्य कलाकार दिपकराजले दीपाश्रीसँगको बिहेको मिति सार्वजनिक गरेका हुन् । आफ्नो कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार धमलाले दबाब दिएपछि दिपकराजले मिति तोकेका हुन् ।

‘तीतो सत्य’ को हिट जोडीलाई रियल लाइफमा पनि कति दर्शकले पती पत्नीकै रुपमा चिन्ने गर्छन् । विवाहित दीपकराजसँग अविवाहित दीपाश्रीको विवाह अहिलेसम्म भएको छैन् । हुन्छ वा हुदैन् ? त्यो त भविष्यले बताउने छ ।
तर, पत्रकार ऋषि धमलाले भने कलाकार दिपकराज गिरीलाई दीपाश्रीसँगको बिहेको मिति तोक्न लगाएरै छाडे । धमलाको उक्त प्रश्नमा दिपकराजले भनेका छन्, ‘म यसको मिति ठ्याक्कै घोषणा गर्छु, २१ सय ३८..’ आउँदो असोज १ गते देखि आफ्नो फिल्म ‘वडा नं ६’ को प्रचार प्रसारमा व्यस्त छन् ।

Comments

comments