काठमाडौं । पछिल्लो समयकी चर्चित मोडल तथा अभिनेत्री हुन् दिपाशा विसी । उनी उत्कृष्ट अभिनय र सुन्दरताले चर्चित छिन् । उनले त्यससंगै उनको गालाको डिम्पलले झन् धेरै भन्दा धेरैको रोजाईमा पर्छिन् । सधै हासिरहदा देखिने डिम्पलले उनलाई देख्दै भुतुक्कै हुनेहरुको कुरा झन् गरिसाध्य छैन ।

तर हिजोआज उनलाई एउटा तनाब छ । उनको गालाकै जस्तो डिम्पल मोडल रश्मिको पनि भएपछि उनीहरुबीच तनाब उत्पन्न भएको उनीनिकट स्रोतले जनाएको छ। अघिल्लो बर्षको तीज गीत भिडियो गरेर उत्कृष्ठ मोडल उपाधि समेत जितेकी दिपाशाले यसपालीको तीज गीतमा रश्मिसंग नाच्दा उनले आफुलाई निकै ठूलो घात गरेको पनि सुन्नमा आएको छ ।

यो सबै झगडा उनीहरुको यो तीजको भिडियोमा भएको हो । रिलमा यस्तो झगडा गरेको भनिएपनि रियलमा निकै राम्रो मित्रता रहेको यी मोडलको यो गीत भने पछिल्लो समय चर्चामा छ ।

गायिका अनु गुरुङको स्वर, हरि विष्टको संगीत तथा शब्दमा उनले नै निर्देशन गरेको भिडियो बजारमा आइरहदा यसको चर्चा पनि ह्वात्तै बढेको छ ।

Comments

comments