काठमाडौं । काठमाडौंमा जारी १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा अफगानिस्तान विजयी भएको छ । प्रतियोगिता अन्तर्गत समुह बी को खेलमा अफगानिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित गरेको हो ।

सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको खेलमा मसौद हविवीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अफगानिस्तानका लागि गोलको खाता खोलेका थिए । दोश्रो हाफको २६ औं मिनेटमा अलि अहमद मन्सुरीले अफगानिस्तानको अग्रता दोब्बर पारे । दोश्रो हाफको ३७ औ मिनेटमा मोहम्मद अहमादीले गोल गरेपछि अफगानिस्तानले ३–० ले अग्रता लियो । खेल सकिन ५ मिनेट बाँकी छदा हमदान अलिले माल्दिभ्सका लागि सान्त्वना गोल गरे ।

प्रतियोगिता अन्तर्गत शनिबार बंगलादेश र भुटान बीच खेल हुनेछ ।

Comments

comments