एजेन्सी । अमेरिकी अन्तरीक्ष नियोग नासाले यसवर्षको १५ देखि २८ सेप्टेम्बरसम्ममा पृथ्वीमा ध्रुमकेतु खसेर पृथ्वी पूरै ध्वस्त हुने भनी चलाइएको हल्लाको खण्डन गरेको हो । नासाले भनेको छ ईन्टरनेटमा यस्ता कैयौं पोष्टिङहरु आएको हामीले पाएका छौं । यदि सेप्टेम्बरमा पृथ्वी ध्वस्त हुनेभए अहिले हामीले केही न केही संकेत अवश्य पाउने थियौं । त्यसैले यो सबै हल्ला हो ।

ईन्टरनेटमा भएको हल्लाअनुसार पृथ्वीमा आगामी सेप्टेम्बर १५ देखि २८ भित्रमा महाप्रलय आउनेछ । धुमकेतु प्युरेटु रिकोनजिकै खस्नेछ र अमेरिका र मेक्सिकोका कैयौं भागहरुसमेत यसको प्रत्यक्ष सम्पर्कमा आउनेछन् । अमेरिकी सुरक्षा निकायहरु भित्रभित्रै गोप्य रुपले यस धुमकेतुलाई पृथ्वीको कक्षबाहिर नै विस्फोट गराउन सकिन्छ कि भनेर अनुसन्धान गरिरहेका छन् । तर, नासाले यो शताब्दीमै त्यस्तो कुनै खतराको सम्भावना नरहेको स्पष्ट पारेको छ ।

यसअघि पनि धेरै पटक यस्ताखाले हल्ला हुँदै आएका हुन् र ती सबै असत्य सावित भएका थिए । नासाका एक अधिकारी पाउल चोडास भन्छन्–सन् २०११ मा पनि यस्तै हल्ला आएको थियो पृथ्वीमा अर्को तारा ठोक्किन्छ भन्ने । तर, हामीले त्यतिबेला पनि यस्तो कुनै सम्भावना नरहेको बताएका थियौं । त्यस्तै सन् २०१२ मा २१ डिसेम्बरदेखि नै पृथ्वी ध्वस्त हुने भन्ने हल्ला पनि फैलियो । तर, केही भएन । मायान क्यालेन्डरको समाप्तिसँगै पृथ्वी पनि ध्वस्त हुने बताइएको थियो । तर, सबै गलत सावित भए ।

उनका अनुसार नासाले पृथ्वीको वरिपरि ३० मिलियन माईलसम्म के घुमिरहेको छ ? कता गइरहेको छ ? भन्नेबारे शक्तिशाली टेलिस्कोपबाट अध्ययन गरिरहेको छ । हालसम्मको अध्ययनबाट त्यस्तो कुनै घटना हुनेवाला नरहेको उनले बताइन् । पृथ्वीमा अन्तरीक्षबाट निरन्तर सानातिना चोईटाहरु खसिरहेका भएपनि यिनीहरु पृथ्वीको ओजोन तहभित्र पस्नेवित्तिकै ध्वस्त हुने गर्दछन् ।

Comments

comments