मेलबर्न। नेपालको पुननिर्माणका लागि अस्ट्रेलियामा एक डलर अभियान शुरु गरिएको छ ।

गैर आवसीय नेपाली संघ अस्ट्रेलिया (एनआरएनए ) न्यु साउथवेल्स राज्य समितिका पदाधिकारीहरूले सो अभियान शुरु गरेका हुन् । एक डलर अभियान अन्तर्गत कार्यसमितिका हरेक पदाधिकारीले हरेक दिन एक डलर नेपाल सहयोगमा छुट्याइनेछ ।

शुरुमा एनएसडब्लु राज्य समितिको २१ जना पदाधिकारीहरूबाट यो अभियान शुरु गरिएको छ । तर विस्तारै यो अभियानलाई ब्यापक बनाउदै अस्ट्रेलियामा रहेका सबै नेपाली समुदायमाझ पुर्याउँने लक्ष्य रार्खिको छ । थोपा सँगालेर समुद्र बनाउने यो पारीयोजना मार्फत नेपालको दुर्गम जिल्लामा चालिएका शिक्षा सम्बन्धी परियोजनामा सहयोग गर्ने लक्ष्य लिइएको संयोजक दिनेश पोखरेलले बताउँनुभयो ।

Comments

comments