काठमाडौं । प्रथम अण्डर नाईन्टीन साफ च्याम्पियनशीपमा नेपालले सुखद सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा भूटानलाई ३-१ को गोल अन्तरले  हराएको छ ।

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खेलको दशौं मिनेटमा नै नेपालले सुरुवाती अग्रता लिएको थियो । कप्तान बिमल घर्ती मगरको एक्लो प्रयासमा भएको सुन्दर गोलमार्फत नेपालले अग्रता लिएता पनि भूटानले त्यस्को एक मिनेट पनि वित्न नपाउदै जवाफी गोलका साथ खेललाई बराबरीमा उभ्याएको थियो । भूटानका लागि सोनाम तोग्वेले यतिखेर सफलता प्राप्त गरेका थिए । तर खेलको २९ औं मिनेटमा कप्तान बिमलले फेरी गोल थप्दै नेपाललाई विजय तर्फ उन्मुख गराएका थिए ।

खेलको ६१ औं मिनेटमा गोल गर्दै बिमलले ह्याट्रिक पुरा गरेका थिए।तर खेलको ७३ औ मिनेटमा पाएको पेनाल्टीमा भने बिमलले गोल गर्न सकेनन ।

जीतसंगै नेपालको प्रतियोगिताको सेमिफाईनल पुग्ने संभावना बढेको छ।

नेपालले अब आफ्नो समूह एको अन्तिम खेलमा अर्को पाहुना टोली बंगलादेशसंग प्रतिष्पर्धा गर्नेछ ।

Comments

comments