काठमाडौं । सदाबहार नायिका करिश्मा मानन्धरपछिको एक्ला सुपरस्टार नायिका रेखा थापा नै हुन् भन्नेमा शायदै कसैको दुई मत होला । ग्ल्यामर,विउटी र पर्सनालिटी मात्र होइन पछिल्लो समयमा ब्रेन र माइण्ड समेत भएको अभिनेत्रीका रुपमा उनी चिनिन्छिन् । एक दशक लामो फिल्मी दौडमा रेखाले कहिल्यै निराश हुनुपरेन । ९० प्रतिशत चलचित्रलाई हिट बनाउँने अद्भूत जादुयुक्त अभिनेत्री समेत हुन् उनी ।

यस्तो प्रतिभा र पपुलरिटी हुँदा हुँदै पनि रेखा कहिलेकाही आफ्नै अभिव्यक्ति र व्यक्तिगत गतिविधिहरुका कारण पनि विवादित बन्ने गरेका छन् । कहिले आफ्नै चलचित्रका निर्देशकलाई निकालेर आफैं निर्देशनको लोभ देखाएर त कहिले पूर्व पति भैसकेका छवि ओझाप्रति आलोचनात्मक प्रतिक्रिया दिएर उनी विवादमा तानिएकी थिईन् ।

यही बीच यतिखेर उनी आफ्नै अर्को नयाँ चलचित्र रामप्यारीको शुटिङको तयारीमा छन् । भदौ २१ बाट शुरु हुने यो चलचित्रमा उनी आफैं नै लिड रोलमा रहनेछिन् । तर यसपटक भने उनले निर्देशन गर्ने लोभ गरेकी छैनन् । त्यसैले उनले निर्देशनको जिम्मेवारी सबिर श्रेष्ठलाई सुम्पेकी छिन् ।

अरु चलचित्र जस्तै रामप्यारी पनि सफल बनाएरै छाड्ने रेखाको योजना छ । मैले छविजीलाई मात्र होइन अरु धेरै निर्माताहरुलाई सफल चलचित्र दिएर सन्तुष्ट पारेकी छु,रामप्यारी त झन् मेरो आफ्नै होम प्रोडक्सन । त्यसैले यसमा अझ विशेष मिहिनेत रहनेछ,सञ्चारकर्मीहरुलाई उनले बताइन् ।

आगामी चैत्रमा रिलिज हुने रामप्यारीमा रेखा ट्याम्पु चालकको भूमिकामा देखिनेछिन् ।

Comments

comments