काठमाडौँ । दुईदेखि पाँच प्रतिशत मत नल्याउने दललाई समानुपातिकमा सिट नदिने विषयमा ठूला दलबीच छलफल भइरहेको छ ।

तर त्यस्तो प्रावधान राखे साना दलले संविधानसभामै सुतेर बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । बलमिच्याइा गरे संविधानका हरेक धारा मत विभाजनबाट मात्र पारित गर्ने अवस्था सिर्जना गर्ने पनि उनीहरूको भनाइ छ । संविधानत: संविधानसभाका १० प्रतिशत सभासद्ले माग गरेमा मतविभाजनबाट मात्र धारा पारित गर्नुपर्ने प्रावधान छ ।

यसो गर्न ६१ सभासद् चाहिनेमा साना दलसाग ६३ सभासद् छन् ।सबै धारामा मत विभाजन गर्नुपरे संविधानसभालाई दुई–तीन महिना लाग्न सक्छ ।

Comments