काठमाडौं । प्रथम अण्डर नाईन्टीन साफ च्याम्पियनसीप विहीवारबाट काठमाडौंमा सुरु हुदैछ । साफ च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले विहीवार भूटानसंग प्रतिस्पर्धा गर्नेछ ।

समूह ए मा रहेका नेपाल भुटानबीचको खेल दिउसो साढे ३ बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । नेपालले च्याम्पियनसीपमा फाइनल सम्म पुग्ने लक्ष्य लिएको छ । नेपाली टोलीका शिक्षक बाल गोपाल महर्जनले पछिल्लो चार बर्षदेखि टोलीलाई आफैले निगरानी गरेको र भूकम्पको असरका बावजुद टोलीको तयारी राम्रो रहेकाले सुखद नतिजा आउने बिश्वास ब्यक्त गरेका छन् । पछिल्लो दुई महिना प्रतियोगिताको तयारीका क्रममा नेपाली युवा टोलीले ए डिभिजन क्लवहरुसंग अभ्यास खेलहरु खेलेको छ । नेपाललाई घरेलु मैदान र समर्थकको पनि फाईदा रहनेछ । पहिलो अण्डर नाईन्टिन साफ च्याम्पियनसिपको उपाधि जितेर अण्डर सिक्स्टिन साफमा व्यहोरेको पराजयको बदला लिन चाहन्छ । बेल्जियममा प्रशिक्षणरत नेपाली टोलीका कप्तान विमल घर्तीमगरले पनि बेल्जियमको अनुभव अनुसार प्रतियोगितामा आफु अनुकुलको प्रदर्शन गर्ने प्रतिबद्धता ब्यक्त गरे  ।

भुटानका प्रशिक्षक नवाङ धेण्डुपले आफ्नो टोली पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको सिनियर टिमबाट प्रेरित भएको प्रतिकृया दिए ।

Comments

comments