काठमाडौं । संविधानका बिवादित बिषयमा सहमति खोज्न बुधवार बसेको शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय बिशेष समितिको बैठकले कुनै सहमति जुटाउँन सकेन । तर बिहीबार सम्ममा सवै बिषयले टुंगो लगाउने नेताहरुले बताएका छन् ।

बुधबार दिनभर जसो बसेको बैठक सहमति नजिक पुगेको भन्दै एक चरण आ आफ्नाो दलहरुमा छलफल गरि अन्तिम सहमतिमा पुग्ने बैठक पछि नेताहरुले बताएका छन् । बिवादित बिषय मध्ये थ्रेस होल्ड कति राख्ने, धर्मका बिषयमा कसरी संवोधन गर्ने तथा सिमाङकनको बिवाद कसरी टुंगो लगाउने ? भन्ने बिषयमा सहमति नजिक पुगेपनि कसरी बिवादित बिषय टुंगो लाग्न लागेको भने नेताहरुले खुलाएका छैनन् ।

बिहीबार  बिहान बस्ने बैठकले बिवादित बिषय टुंगो लगाउने बिश्वास सहित मस्यौदा समितिले पछिल्ल्लो पटक प्राप्त समय  भित्रनै अन्तिम परिमार्जित बिधेयक संविधानसभामा पठाउने बताइएको छ । उच्चस्तरीय बिशेष समिति निर्णयबिहीन बनेपछि मस्यौदा समितिले आफ्नो काम सम्पन्न गर्न सकेको छैन ।

Comments

comments