काठमाडौं । आफ्नो वीर्य बेचेर आर्थिक लाभ लिन सकिन्छ भन्नेमा थोरै युवाहरुलाई मात्र विश्वास होला । तर काठमाडौंकै केही युवाहरुले आफ्नो वीर्यलाई आम्दानीको स्रोत बनाउँदै आएको खुलेको छ ।

स्वस्थ्य र खाइलाग्दा युवाले वीर्य विक्रीबाट एकपटकमा न्यूनतम्  १ हजार पाउँने गरेका छन् । टेष्टट्युब बेबी सेवा नेपालमै शुरु भएसँगै वीर्यको कारोबार पनि शुरु भएको हो । हाल काठमाडौंको ओम अस्पताल र ग्राण्डी लगायतका अस्पतालहरुले युवाहरुबाट वीर्य खरिद गर्ने गरेका छन् । स्रोतका अनुसार वीर्य बेच्न अस्पताल आउँने युवाहरुमा अधिकांश कलेजकाविद्यार्थीहरु रहेका छन् । तर वीर्य विक्री गर्ने युवाहरुको पहिचान भने गोप्य राख्ने गरेको छ ।

विशेष गरी टेष्ट ट्युव बेबी सेवा लिनेहरुले सजातीय गोरो र तीक्ष्ण बुद्धि भएका युवाहरुको वीर्य माग्ने गरेको अस्पताल स्रोतले बताएको छ ।

Comments

comments